बाढीपीडितलाई हेलिकाेप्टरबाट खसालिएकाे राहत हात्तीको मुखमा जिरा ! - Naya Patrika

बुधबार पनि यहाँका बाढीपीडितले प्रयाप्त राहत पाउन सकेनन् । जिल्लाको आकाशमा उडेको हेलिकप्टरले राहात कुरिरहेका पिडितहरुको अनुहारमा खुशी थप्न सकेन । पिडितका लागि चाहिने राहत ल्याउन सकेन । बुधबार...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

सुर्खेतमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन

असोज २, सुर्खेत । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्थाले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज शुक्रवारदेखि सुर्खेतसहित देशका ४३ स्थानमा सञ्चालनमा ल्याएको हो । शुक्रवारदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीका लागि राखिएका छन् । सुर्खेतमा चामल अरुवा मोटा चामल ४१ रुपैयाँ किलो, जिरा मसिनो चामल ५९ रुपैयाँ किलो, सोना चामल ४४ दशमलव ७० रुपैयाँ किलो, दाल मसुरो १३० रुपैयाँ, मास १५९ रुपैयाँ, रहर (अडहर) १७३ रुपैयाँमा उपलब्ध गराईएको छ । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्राले स्थानीय जनताको मागलाई ध्यानमा राख्दै शुक्रवारदेखि चामल र दाल विक्रीबा लागि उपलब्ध गराईएको जानकारी दिए । उनका अनुसार कम्पनीले यस वर्ष चामल, दालमा प्रति किलो रू. ५ छूट दिएको छ । कम्पनीले ल्याएको सुपथ मूल्य पसलबाट बजारमा रहेको कृत्रिम अभावलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने उपभोक्ताकर्मीहरु बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत जिल्ला प्रतिनिधि कुमारी भुसालले खाद्य व्यवस्था कम्पनीले चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएर उपभोक्तालाई राहत दिएको बताइन् ।  उनले सुर्खेतमा चामल र दाल मात्र होइन चाडपर्वमा चाहिने खाने तेल, पिठो, चिउरा, सिमीलगायतका खाद्यान्न समेत उपलब्ध गराउन खाद्य व्यवस्था कम्पनीलाई आग्रह गरिन् । यता साल्ट ट्रेडिङ कर्पोरेशन शाखा सुर्खेतले भने यस वर्ष कोरोना महामारी लगायतका कारणले असोज ५ गतेदेखि मात्र चाडपर्व लक्षित सहुलियत मूल्यको नून मात्र विक्री वितरण गरिने जानकारी दिएको छ ।  सुर्खेत शाखाका प्रमुख पारशमणिनाथ प्रसाद चौधरीले साल्ट ट्रेडिङ कर्पोरेशनमै चिनी अभाव हुँदा सुर्खेतमा यस वर्ष सहुलियत मूल्यको चिनी तत्काल उपलब्ध गराउन नसकिने बताए । उनका अनुसार यस वर्षपनि प्रति किलो २० मूल्यको नूनमा २ रुपैयाँ छूटको व्यवस्था मिलाईएको छ ।

विपन्नलाई राहत : हात्तीको मुखमा जिरा, स्थानीय तह भन्छन्– धान्नै मुस्किल भो

झापा गाउँपालिका–४ का भूमिहीन काशीराम माझीलाई गाउँपालिकाले १० केजी चामल राहत दियो । अतिविपन्न यो परिवारमा १०

घुम्ति सेवामार्फत सुपथ मूल्यमा खाद्यान्न वितरण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घुम्ति सेवामार्फत उपत्यकाका विभिन्न ठाउँमा दैनिक उपभोग्यका सामान वितरण सुरु गरेको छ । चाडपर्वको बेला घुम्ति सेवामार्फत खाद्यान्न वितरण गदै आएको कम्पनीले उपभोक्तालाई राहत दिनका लागि अहिलेदेखि नै वितरणको काम सुरु गरेको हो । उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न वितरण गर्नका लागि घुम्ति सेवा सञ्चालन गरिएको कम्पनीका जानकारी दिएको छ । घुम्तिसेवा मार्फत उपत्यकाका विभिन्न ठाउँमा सहुलियत मूल्यमा खाद्यान्न वितरण गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार सोना मनसुली प्रतिकेजी ४७, बासमती चामल प्रतिकेजी ७९ र जिरा प्रतिकेजी ५३ रुपैयाँमा बिक्री भइरहेको छ ।