काठमाण्डौ – भाषा अनुवाद नहुँदा श्रम तथा रोजगार कार्यालय धनगढीबाट प्रदान हुने पुनः श्रम स्वीकृति सेवा बन्द भएको छ ।
कार्यालयले सूचना जारी गर्दै अरेबियन भाषा अनुवादक नभएकाले अर्को सूचना जारी नभएसम्म पुनः श्रम स्वीकृति प्रदान गर्न नसकिने जनाएको छ । निमित्त कार्यालय प्रमुख जनक सिंह उखेडाले अरबका देशहरूमा जाने नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति अरेबिक भाषा अनुवाद नहुँदा प्रदान गर्न नसकिएको बताउनुभयो ।
भाषा अनुवादको पदपूर्ति नहुँदासम्म श्रम तथा रोजगार कार्यालय धनगढीले पुनः श्रम स्वीकृति प्रदान गर्ने छैन । भा...