काठमाडौँ । सरकारलाई संयुक्त राज्य अमेरिकाले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराए ।