स्थानीय निर्वाचन : देशभर उत्साहका साथ मतदान गरिँदै (लाइभ)

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा देशभर उत्साहका साथ मतदान गरिँदै छ। काठमाडौँको बसन्तपुरमा जारी मतदान यस्तो छ।

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ पुनः मतदान ?

३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । आइतबार र सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ ।निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ । मंगलबार तनहुँको व्यास नगरपालिका-८ क

हरिवंशदेखि राजेश हमालसम्मले गरे मतदान

काठमाडौं : शुक्रबार बिहान ७ बजेदेखि स्थानीय निर्वाचन २०७९ को मतदान शुरु भएको छ। कलाकारले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। जसमा केही कलाकारले पहिलो पटक मतदान गर्दैछन्। महानायक राजेश हमालले काठमाडौंको लैनचौरमा मतदान गरेका छन्। मतपत्रको राम्रोसँग अध्ययन गरेर मात्रै मताधिकारको प्रयोग गरेको बताउने उनले आफ्नो प्रतिनिधि चुन्ने काम भएकाले निर्वाचन सबैका लागि निकै महत्त्वपूर्ण रहेको पनि जनाए। मतदाताको काम भनेको मतदान गर्ने मात्रै नरहेको र प्रतिनिधि रुपमा उभिएकाहरूले जनताको नेता नभएर

स्थानीय निर्वाचन : उत्साहका साथ मतदान जारी (लाइभ)

काठमाडौँ -स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका सबै निर्वाचन केन्द्रमा मतदान जारी छ । मतदानका लागि बिहान सबेरैदेखि मतदाता लामबद्ध भएको र ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बेलुकी ५ बजेसम्म गर्न पाइनेछ ।

स्थानीय निर्वाचन : शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर)

काठमाडौँ – शुक्रबार बिहानदेखि देशभर उत्साहका साथ मतदान भइराखेको छ। मतदानको दिन बिहानै शीर्ष नेताले विभिन्न मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर बिहानै मतदान गरिसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम पुगेर मतदान गरेका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट पुगेर […]

स्थानीय निर्वाचन : देशभर यसरी भइरहेको छ मतदान (लाइभ)

काठमाडौं– नेपालको संविधान २०७२ लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजे सकिनेछ।  २०७४ सालमा तीन तहमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन […]

स्थानीय निर्वाचन : यसरी भइरहेको छ देशभर मतदान (लाइभ)

काठमाडौं– देशभर स्थानीय तहको निर्वाचनको मतदान जारी भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। मतदानको दिन सुरुमै केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

स्थानीय निर्वाचन : देशभर मतदान सुरु

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो  । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो । देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिन

आज स्थानीय निर्वाचन : देशभरका ७५२ पालिकामा मतदान हुँदै

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ। मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्य का लागि आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन्। मतदानबाट ७५३ स्थ

स्थानीय निर्वाचन : एक मतदातालाई मतदान गर्न कति समय लाग्छ ?

आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ। संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।सहप्रवक्ता अर्यालले भन

सुशीला कार्कीलगायत पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन् । उनले मतदान केन्द्रमा महिला र पुरुषहरूका लागि छुट्टै ठाउँ बन