आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको छ ।