कान्तिमा आकस्मिक पुगे स्वास्थ्यमन्त्री : अस्पताल आएका बिरामी उपचारबाट वञ्चित नहोस्

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन्।उनले अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शैय्या नपाएर उपचारविना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिए। “अस्पतालमा आएका बिरामी शैय्या नपाएर अन्त्यै निजी अस्पतालमा उपचारमा जाने गरेको गुनासो सुन्नमा आएको छ”, मन्त्री यादवले भने, “अस्पतालले शैय्या थपेर हुन्छ के के गरेर हुन्छ अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन

सम्बन्धित सामग्री

पर्वत अस्पतालमा ‘डिजिटल एक्स–रे’ सेवा पुन: शुरू

पर्वत । पर्वत अस्पतालमा ६ महीनाअघि रोकिएको डिजिटल एक्स–रे सेवा पुन: सञ्चालनमा आएको छ । अस्पतालको कम्प्युटेड रेडियोग्राफीको रिडर र प्रिन्टर दुवै बिग्रिएर ‘हाई एक्सपोजर’ आवश्यक पर्ने एक्स–रे सेवा बन्द भएको थियो । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाड, खुट्टालगायत ठूलो हड्डीको एक्स रे गर्नका लागि हाई एक्सपोजर भएको उपकरण आवश्यक हुन्छ । एक्स–रेमा देखिएको समस्याबारे स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति केन्द्रमा बारम्बार कुरा गर्दा पनि उपलब्ध भएको थिएन । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि उनकै पहलमा अस्पतालले आधुनिक उच्च प्रविधिको डिजिटल एक्स–रे मेशिन पाएको हो । अब पर्वत अस्पतालमा आउने बिरामी एक्स–रे गर्नकै लागि पोखरा वा अन्यत्र जानु नपर्ने भएको छ । मन्त्रीको पहलमा मेशिन उपलब्ध भएको डा. अधिकारीले बताइन् । ‘मेशिन आपूर्ति गर्न छ महीनादेखि धाइरहेका थियौं,’ डा. अधिकारीले भनिन् । डिजिटल एक्स–रे मेशिन स्वास्थ्यमन्त्री गिरीले नै अस्पतालका अध्यक्ष गिरी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीलाई हस्तान्तरण गरेका हुन् । रू. १ करोड ४४ लाख मूल्य पर्ने उक्त उपकरण मन्त्री गिरीले आफू मन्त्री भएपछि पहिलोपटक जिल्लामा आएको अवसरमा गत बुधवार अस्पताललाई हस्तान्तरण गरेका थिए । पर्वत अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेकाले केही उपकरण अहिले नै हस्तान्तरण गरिएको र आगामी पाँच वर्षभित्र सातओटै स्थानीय तहमा सुविधा र जनशक्तिसहितका अस्पताल रहने मन्त्री गिरीको आश्वासन थियो ।      पर्वत अस्पतालमा ५० शøया क्षमताअनुसार जनशक्ति र उपकरणको व्यवस्थापनमा सघाउन मन्त्री गिरीसँग आग्रह गरिएको छ । रासस

प्रदेश–१ मा डेंगी र जापानिज इन्सेफ्लाइटिसका बिरामी बढ्दै

मोरङ – प्रदेश १ मा लामखुट्टेबाट सर्ने डेंगी रोग र जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढ्दै गएको छ। प्रदेश १ का विभिन्न जिल्लामा हालसम्म २ सय २१ जना डेंगीका बिरामी भेटिएका छन्। प्रदेशका स्वास्थ्यमन्त्री जयराय यादवका अनुसार जिल्लाका अस्पताल तथा स्वास्थ्य निकायलाई सचेत र सतर्क रहनका लागि निर्देशन भइसकेको बताए। लामखुट्टेबाट सर्ने डेंगीबाट जोगिन अपिल गर्दै […]

स्वास्थ्यमन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ ।  ललितपुरको इमाडोलमा रहेकाे किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भइ अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। मन्त्री खतिवडाले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।&nb...

गुमेको छैन स्वास्थ्य क्षेत्र सुधारको अवसर

विश्व महामारीका रूपमा फैलिएको कोरोना महामारीले नेपालको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था सतहमा ल्याइदियो । ०७६ चैत ११ गतेदेखि संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले देशव्यापी बन्दाबन्दी ग¥यो । तर, यसबीचमा बन्दाबन्दीबाहेक राज्यले कोरोना नियन्त्रण तथा स्वास्थ्य क्षेत्र सुधारका लागि कुनै प्रभावकारी काम गर्न सकेन । अझ तत्कालीन प्रधानमन्त्री केपी ओलीले कोरोना केही नभएको भन्दै मजाकसम्म उडाउन भ्याए । संवेदनशील स्वास्थ्य सामग्री आयातमा सरकारको गम्भीर पहल देखिएन, बरु नेतृत्व कमिसनको खेलमा रमायो । संकटका बेला सीमामा आएका नागरिकले सास्ती भोग्नुपर्‍यो । राज्यले मजदुर, श्रमिक र गरिखाने वर्गसम्म राहत पु¥याउन नसक्दा सहरबाट खाली खुट्टा रातदिन हिँडेरै गाउँ फर्किनेको भीड लाग्यो । संक्रमण बढ्दै गयो । स्तरहीन क्वारेन्टाइन तथा आइसोलेसन, अस्पतालमा बेड, अक्सिजन, जनशक्ति, पूर्वाधार आदिको दयनीय अवस्थाका कारण नागरिकले दुःख भोग्नुप¥यो र सयौंले बेडसम्म नपाई अनाहकमा ज्यान गुमाए । तीन महिना लामो बन्दाबन्दीपछि संक्रमण घट्न थाल्यो र बन्दाबन्दी पनि सामान्य भयो । भदौपछि संक्रमण घटेर अवस्था सामान्य बन्दै जाँदा कोरोना महामारी स्वास्थ्य क्षेत्र सुधारको अवसरका रूपमा देखियो । विज्ञहरूले कोरोनाको दोस्रो लहर फैलिने चेतावनी दिँदै आवश्यक तयारी गर्न सुझाए पनि सरकार नेतृत्वको आपसी खिचातानीमै अल्झिएको देखियो । व्यवस्थापनमा पुरानै समस्या भए पनि संकटका रूपमा देखिएको संक्रमणले स्वास्थ्य क्षेत्र सुधारको अवसर दिएको थियो । त्यसबीचमा कोरोना मात्रै नभएर समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि यथेष्ट काम गर्न सकिने वातावरण बनेको थियो । तर, सत्ता खिचातानीले नेताहरूबीच नेतृत्वका लागि हानथाप हुँदा पूरै वर्ष खेर गयो । दोस्रो लहर फैलिने विज्ञहरूको चेतावनीकै बीच सरकार स्वास्थ्य क्षेत्र सुधारभन्दा पनि बसमा गाउँ–गाउँबाट नागरिक ल्याउँदै शक्ति प्रदर्शनका नाममा भीड जम्मा गर्न केन्द्रित भयो । त्यसपछि पुनः संक्रमण फैलिँदै जाँदा पुनः बन्दाबन्दी गर्नुपर्ने अवस्थामा पुग्यो । यद्यपि दोस्रो लहर फैलिन थालेपछि भने सरकारले बल्ल तयारी थाल्यो । कोभिडविरुद्धको खोप बन्न थालेपछि भारतको सहयोगमा नेपालमा खोप कार्यक्रम सुरु भयो । अन्य विकसित मुलुकमा खोप कार्यक्रम सुरु नहुँदै नेपालमा प्रभावकारी खोप अभियान अगाडि बढ्यो । दाता मुलुकबाट पनि खोप सहयोग तथा खरिद गर्दै सरकारले खोपलाई प्राथमिकतामा राख्यो । नेतृत्वको लापरवाही र व्यवस्थापनको कमजोरीका कारण कोरोनाका गम्भीर बिरामीले बेड नपाउने अवस्था रहे पनि विस्तारै अस्पतालमा भर्ना भइसकेपछि सहज उपचार सेवा पाउने अवस्था बन्यो । स्वास्थ्यकर्मीको व्यवहार तथा खटाइका कारण अस्पतालमा भर्ना भइसकेपछि बाँचिन्छ कि भन्ने आत्मविश्वास बढेको संक्रमितले सुनाए । बुटवलमा ४ दिनसम्म अक्सिजनसहितको भेन्टिलेटर खोज्दा नपाएपछि चिन्तामा परेका कृष्ण अधिकारी अक्सिजनसहित पोखराको एक अस्पतालमा भर्ना हुँदा बाँचिन्छ कि भन्ने आशा पलाएको बताउँछन् । ‘व्यवस्थापनका कारण बेडसम्म पाउने अवस्था नआएपछि धेरै समस्या भोग्नुप¥यो,’ परिवारसहित कोभिड उपचार गराएका उनले भने, ‘अस्पतालमा बेड पाएपछि भने बाँचिन्छ कि भन्ने आशा पलायो ।’ कोरोना संक्रमित बहिनीको बेड नपाएर अवस्था गम्भीर भएपछि भयभीत बने पनि चिकित्सकको रेखदेखमा पुगेपछि अनुहार केही उज्यालिएको उनको अनुभव छ । कीर्तिपुरका नवीन शर्मा पनि नेतृत्वले राम्रो व्यवस्थापन गरिदिएको भए धेरै कोरोना संक्रमितले अनाहकमा ज्यान गुमाउन नपर्ने बताउँछन् । ‘त्यतिबेला अक्सिजनको कमी थियो तर ३ दिन लाइन लागेर बेड खाली भएपछि टेकु अस्पतालमा भर्ना भएँ,’ उनले भने, ‘बेड पाएर डाक्टरको राम्रो रेखदेख भएपछि निको हुन सकियो ।’ कोभिड संक्रमण ह्वात्तै बढेपछि सोहीअनुसारका पूर्वाधार नहुँदा सीमित स्रोत–साधनमा सबै सेवा कटाएर कोभिडमै केन्द्रित हुनुपरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘क्षमताभन्दा बढी बिरामी राखेर उपचार ग¥यौं । यो केही सक्दो प्रयास मात्रै हो । दीर्घकालीन समाधान होइन,’ उनले भने, ‘पहिलेदेखि नै यस किसिमका रोग आइरहेकामा हामीकहाँ पूर्वतयारी भएन । बीचमा तयारीका लागि समय हुँदा पनि राज्यले गर्न सकेन ।’ नयाँ किसिमको रोग आउँदा सुविधासम्पन्न विश्वका ठूला देशमा पनि अलमल हुनु स्वाभाविकै भएको डा. पुनको बुझाइ छ । तर, समय पाएर पनि नेपालले तयारी गर्न नसक्दा कोरोनाको दोस्रो लहर बढी घातक सावित उनी बताउँछन् । महामारी अस्पतालमा दुई÷चार भेन्टिलेटर र बेड थपेर निर्मूल गर्न नसकिने हुँदा अन्य सेवा प्रभावित नहुने गरी अस्थायी अस्पताल नै बनाउनुपर्नेमा उनको जोड छ । यसअघि सन् २०१९ मा डेंगु फैलिँदा विज्ञहरूले यस किसिमको तयारी गर्न सुझाएका थिए । त्यसबेला तत्कालका लागि संघीय सरकारले स्थानीय तहमा बजेट व्यवस्थापन गरे पनि यस किसिमको तयारी हुन नसकेको उनको अनुभव छ । ‘केन्द्र सरकारले बजेट छुट्याएपछि आफ्नो काम सकिएझैं गरी बस्यो । स्थानीय सरकारले जनशक्ति नै नभएकाले पूर्वाधार निर्माणलगायत तयारी गर्न नसकिएको बताएर केही नगरी बसे,’ डा. पुनले भने, ‘तीन तहका सरकारबीच अहिलेसम्म पनि आपसी समन्वय हुन नसकेको देखिन्छ ।’ कोभिड महामारीसँगै स्वास्थ्य क्षेत्र सुधारको अवसर आएकाले पूर्वतयारीमा लाग्नुपर्ने उनको भनाइ छ । ‘अस्थायी संरचना महामारी फैलिँदा मात्रै तत्कालका लागि केही समाधानको उपाय हो तर स्थायी संरचना नै विकल्प हो,’ उनले भने, ‘राज्यले प्रत्येक जिल्ला, केन्द्र र प्रदेशमा अस्पताल निर्माण गर्ने निर्णय गरेपछि सोहीअनुसार तयारी गरेर बस्नुपर्छ ।’ पछिल्लो समय सरकारमा केही इच्छाशक्ति देखिएकामा त्यसअनुसार काम भए स्वास्थ्य क्षेत्र सुधारको अवसर गुमिनसकेको उनी सुनाउँछन् । सरकारले यही आर्थिक वर्षभित्र प्रत्येक जिल्लामा २५ र ५० शय्या क्षमताको सुविधासम्पन्न अस्पताल बनाउने निर्णय गरेको छ । प्रदेशमा २ सय र केन्द्रमा ५ सय शय्या क्षमताका अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । यसबीच वीर अस्पतालको नयाँ सर्जिकल भवन निर्माण भई उद्घाटन गरिएकामा उक्त अस्पताललाई ५ सय बेडको युनिफाइड केन्द्रीय अस्पतालमा रुपान्तरण गर्ने तयारी छ । ५ करोड ३० लाख खोप निश्चित सरकारले खोपलाई प्राथमिकतामा राखेको छ । यो आलेख तयार पारुन्जेल (भदौ १०) सम्म नेपालमा ४९ लाख ८६ हजार ८९३ ले खोपको पहिलो र ३९ लाख ४९ हजार ५२९ ले दोस्रो मात्रा गरी ८९ लाख ३६ हजार ४२२ ले खोप लगाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको कार्यकालमा ४२ लाखले खोप लगाएकामा सोही समयमै ९७ लाख खोप आउने पक्का भइसकेको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पुससम्म ५ करोड ३० लाख डोज खोप आउने निश्चित भएको जानकारी दिए । ‘सरकारले खोपलाई प्राथमिकतामा राखेको छ । सरकारी अस्पताल सुधार गरी पूर्वाधार, प्रविधि, जनशक्ति र व्यवस्थापनमा परिवर्तन गर्ने रणनीति तयार गरिएको छ,’ उनले भने, ‘सोहीअनुसारको योजना बनाएर हामी अघि बढिरहेका छौं ।’ समग्र स्वास्थ्य क्षेत्र सुधारको रणनीति बनाएको बताउँदै उनले कोभिडको तेस्रो लहर नियन्त्रणका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको दाबी गरे । खोप उत्पादनका लागि पहल निजी क्षेत्रले सरकारसँग अझ बढी अपेक्षा गरेको छ । आफ्ना माग तत्काल सम्बोधन गरी त्यसअनुसार शीघ्र निर्णय हुन थालेको नेपाल औषधी उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले बताए । सरकारले औषधी उद्योगलाई सकारात्मक रूपमा हेरेको बताउँदै उनले स्वास्थ्यमन्त्री र नयाँ स्वास्थ्य सचिवले पनि संघसँग मिलेर काम गरिरहेको बताए । ‘खोप केन्द्र थप्ने, खोप लगाउन प्रोत्साहन तथा सहजीकरण गर्ने, सहुलियत दिनेलगायत काम भएका छन्,’ उनले भने ।  देउराली जनता फर्मास्युटिकल्सले नेपालमै कोभिडविरुद्धको खोप उत्पादनको तयारी थालेको छ । यसका लागि कम्पनीले स्वीकृति पाइसकेको छ । क्षेत्रीका अनुसार सहजीकरणका लागि आग्रह गरेकामा सरकारले नेपालमै खोप उत्पादन गर्ने कम्पनीलाई विशेष सुविधा दिने निर्णय भइसकेको छ । कोभिडले स्वास्थ्य संकट देखिए पनि सँगसँगै यो क्षेत्र सुधारको अवसर पनि दिएको उनी सुनाउँछन् । गत वर्ष भारतले २६ प्रकारका औषधी निर्यातमा प्रतिबन्ध लगाएको विषयलाई कोट्याउँदै उनले भने, ‘आफूलाई संकट परेपछि कुनै पनि मुलुकले औषधी निर्यात नगर्ने हुँदा देशलाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउनैपर्छ ।’ खरिद गरिसकेको १० लाख कोभिसिल्ड खोपसमेत नआएको बताउँदै उनले औषधीमा आत्मनिर्भर बन्नुको विकल्प नभएको धारणा राखे । यसका लागि निजी क्षेत्र तयारी अवस्थामा रहेकाले सरकारले आवश्यक सहजीकरण गरिदिनुपर्ने उनको सुझाव छ । यद्यपि, अहिले सहजीकरण भइरहेकाले केही आशा पलाएको उनले बताए । विभिन्न औषधीमा नेपाल आत्मनिर्भर बन्दै गएकाले यस वर्ष औषधीको आयात पनि घटेको जानकारी उनले दिए । ‘राज्यले सहजीकरण गरिदिए निजी क्षेत्र तयार भएर बसेको छ । नेपालमै कोभिडविरुद्धको खोप उत्पादनका लागि तम्तयार छौं’, उनले भने ।

धौलागिरी अस्पतालमा जनशक्ति अभाव, समयमै उपचार नपाएको बिरामीको गुनासो

भदौ ८, बागलुङ । धौलागिरी अस्पताल बागलुङमा दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालनमा नहुँदा सर्वसाधरण मारमा परेका छन् । कोरोना महामारीका बीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताए । १६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक (निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्ट शैलेन्द्र वि.क. पोखरेल) कार्यरत रहेका छन् । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् । उनीहरु छात्रवृत्ति करारको हुन् ।  यस्तै ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेका छन् । मेडिकल अधिकृत रविनबाबु पौडेलको पनि सरुवा पत्र आइसकेकोले अब मेडिकल अधिकृत नहुने पक्का भइसकेको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले बताए ।  उनले अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन दुई महीना मात्र आवधि रहेको बताए । अस्पतालमा अहिले दुई जना फिजिसियन रहेका छन् ।  जनशक्ति अभावले बन्द हुने अवस्थामा आईसीयू जनशक्ति अभावकै कारण धौलागिरी अस्पतालमा रहेको सघन उपचार कक्ष (आइसियु) बन्द हुने अवस्थामा पुगेको छ । गण्डकी प्रदेशको तत्कालिन सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा पछि डाक्टर नपठाउँदा आईसीयु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पतालले जानकारी दिएको छ । धौलागिरी अस्पतालमा तीन बेडको आईसीयू र दुई भेन्टिलेटर सहितको सघन उपचार कक्ष सञ्चालनमा रहेको छ । तत्कालिन सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा. प्रनिता राजभण्डारी, सुप्रिया पौडेल र आकाश चित्रकार लगायत पाँच जना डाक्टरको एकैसाथ सरुवा भएको थियो ।  कोरोना महामारीको कारण ओपिडी सेवा बन्द भएको अवस्थामा डाक्टरको सरुवा पश्चत अन्य मेडिकल अधिकृतलाई आईसीयूको जिम्मेवारी दिएर सञ्चालनमा ल्याएपनि अहिले ओपिडी सञ्चालन भएको र हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि आईसीयू सेवा बन्द हुने अवस्थामा पुगेको अस्पतालका मेडिकल निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताए । डाक्टर पोखरेले अस्पतालमा जनशक्ति नहुँदा काम गर्न गाह्रो भएकोले डाक्टर ल्याउनको लागि काठमाडौं र पोखरा धाइरहेको भएपनि कतैबाट सुनुवाई नभएको गुनासो गरे । उनले अहिले अस्पतालमा करारमा रहेका डाक्टरहरुको पनि समय सकिन लागेकोले तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आईसीयू सेवा बन्द गर्नुपर्ने अवस्था आउने बताए ।  जनशक्तिको अभावले समयमै सेवा पाउँदैनन् बिरामी अस्पतालमा समयमै उपचार नपाएको विरामीहरुले गुनासो गरेका छन् । अस्पतालमा जनशक्ति अभाव रहेपनि कार्यरत डाक्टरहरुले समयमा सेवा नदिँदा विरामीहरुले समयमै उपचार नपाएको गुनासो गरेका हुन् ।  मंगलवार उपचार गराउन बिहान साढे ९ बजे अस्पताल पुगेका काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका मेघनाथ निउरेले डाक्टर साढे ११ बजेसम्म नआएको गुनासो गरे । उनले ओपिडिमा टिकट काटेर लाइनमा बसेपनि साढे ११ बजेसम्म डाक्टर नआएको गुनासो गरेका हुन् । यता अस्पताल प्रशासनले भने विशेषज्ञ चिकित्सक र डाक्टरहरुको अभाव रहेको र अहिले कार्यरत डाक्टरहरुले आइसोलेसन र ओपिडि हेर्नुपर्ने भएकाले ढिलो भएको हुनसक्ने बताए । अस्पतालका मेडिकल रेकर्डर पौडेलले बुधवार ड्युटिमा रहेका डाक्टर आफै अस्वस्थ भएको कारण ढिलो आएको जानकारी गराएको बताए । ‘बिरामीहरुको गुनासो आएपछि हामीले डाक्टरलाई सम्पर्क गरेका थियौ, उनले भने ‘डाक्टरले आफू अस्वस्थ रहेकोले ड्युटीमा आउन ढिलो भएको बताउनुभयो ।’ बागलुङलाई सुगममा राखिएपछि आउन मानेनन् डाक्टर स्वास्थ्य क्षेत्र अन्तरर्गत बागलुङ जिल्लालाई सुगम जिल्लामा समावेश गरिएपछि चिकित्सकहरु धौलागिरी अस्पतालमा आउन नमानेको अस्पताल व्यवस्थापन समितिले बताएको छ ।  पहिले दूर्गमको सुचिमा समावेश बागलुङ अहिले सुगममा परेपछि डाक्टरहरु बागलुङ आउन नमानेको प्रदेश र केन्द्र सरकारले जनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले बताए । ‘अहिले बागलुङलाई सुगम जिल्लामा समावेश गरिएको रहेछ,’ अध्यक्ष रानाले भने ‘बढुवा र सरुवाको लागि सुगमको जिल्लामा काम गरेमा कम नम्बर र दूर्गममा काम गरे बढी नम्बर आउने, दूर्गम जिल्लामा काम गरेमा पढ्न जान पाइने भएकोले डाक्टरहरु आउन नमानेको भन्ने जानकारी पाएका छौं ।’  आफूले चिकित्कसको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाइ नभएको अध्यक्ष रानाले बताए । अध्यक्ष रानाले भएका चिकित्सकहरुको पनि सरुवा गरिदिने र नयाँलाई नपठाउने गरेकोले अहिले जनशक्ति अभाव भएको बताए । ‘मैले हिजो पनि प्रदेशमा मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र अर्थमन्त्रीसँग डाक्टर पठाइदिन कुरा गरे,’ अध्यक्ष रानाले टेलिफोनमा कुरा गर्दै भने ‘उनीहरुले विज्ञापन गरेर मात्र डाक्टर पठाउन सक्ने बताउँदै विज्ञापन गर्दैछौं भने ।’