नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।...
काठमाडौं (अस) । नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विश्वविद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारीको तलबी खातामा बंैकले बचत निक्षेपको उच्च ब्याजदर दिनेछ ।
यस्तै, भिसा डेबिट र एटीएम कार्ड निःशुल्क, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ रजिस्ट्रेसन निःशुल्क, बैंकको लकर भाडामा २५ प्रतिशत छुट, जुनसुकै प्रकारको कर्जा लिँदा सेवाशुल्कमा २५ प्रतिशत छुट, डीम्याट, सी–आस्बा, मेरो शेयर रजिस्ट्रेन सुविधा निःशुल्क उपलब्ध गराउनेछ ।
यस्तै, बैंकको कुनै एक शाखामा रहेको खाताबाट बैंकका अन्य कुनै खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहे बिनाशुल्क ट्रान्सफर गरिनेछ ।
आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन, बैंक काउन्टर, बैंक शाखा स्थापना गरी बैंकले सेवा दिनेछ ।
सम्झौतापत्रमा पोखरा विश्वविद्यालयका रजिस्ट्रार डा. दीपकबहादुर भण्डारी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले आर्थिक कारोबारको रूपमा बैंकलाई छनोट गरेकामा विश्वविद्यालयलाई धन्यवाद दिइन् ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल, राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारी, बैंक कर्मचारीलगायत उपस्थित थिए ।
नेपाल बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थिहरुलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न सुरु गरेको छ । बैंक र पोखरा विश्वविद्यालय बीच २०७८ फाल्गुण १९ गते भएको सम्झौता बमोजिम बैंकले सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न सुरु गरेको हो । जस अन्तर्गत बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक÷ शिक्षक÷कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरि एटिएम कार्ड निःशुल्क उपलब्ध गराइने,मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५% छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने,डिम्याट, मेरो शेयर, सीआश्वा दर्ता सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरुलाई क्रेडिट कार्डको सुबिधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क (Free ABBS) तत्कालै ट्रान्सफर गरिने, बिश्वबिद्यालयको आबश्यकता अनुसार बिश्बबिद्यालय परिसरमा एटिएम मेसिन, बैंक काउन्टर, बैंक शाखा स्थापना गरि बैंकले सेवा प्रदान गर्ने लगायत विविध बैकिङ्ग सेवा एबम् सुविधाहरु उपलब्ध गराउने छ । यस सम्झौतामा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो र्बैक र विश्वविद्यालय बिचको सम्झौताले दुवैलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र र्वैकलाई अझ व्यवसायिक उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रुपमा लिएको बताउँदै आर्थिक कारोवारको रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई ध्रन्यवाद दिए ।