काठमाडौँ – खानेपानीमन्त्री उमाकान्त चौधरीले सबै वर्ग, क्षेत्रका नागरिकमा खानेपानीको सहज पहुँच पुर्याउन आवश्यक रहेको बताएका छन्। खानेपानी मन्त्रालयले शुक्रबार आयोजित ‘राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमासम्बन्धी परामर्श कार्यशाला गोष्ठी’मा मन्त्री चौधरीले आर्थिक रूपमा विपन्न र पिछडिएका वर्ग तथा समुदायलाई लक्ष्य गरी खानेपानीको पहुँच विस्तार गर्नुपर्ने बताए। उनले भने, ‘संविधानले प्रत्याभूति गरेअनुसार सबै नागरिकमा […]