मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले साक्षरता बढाउन विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा परिचालन गर्ने बताएका छन् । प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने बताउँदै मुख्यमन्त्री सिंहले मधेशमा शिक्षाको वञ्चितीकरण र निरक्षरको संख्या धेरै रहेकोले प्रदेश सरकार साक्षरता स्तर बढाउन यस्ता कार्यक्रम संचालन गर्ने तयारीमा रहेको बताए ।...