कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ८५ रुपैयाँ, कागती २३५ रुपैयाँ, कुरिलो ४५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।