नेपाल उद्योग परिसंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई मंगलबार भेटेको छ । अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा गएको टोलीले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएको छ । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको छ । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति […]