फेब्रुअरी २३, २०१४ को साँझ सोची शीतकालीन ओलम्पिक खेलकुदको समापन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुँदा उनको अनुहारमा सन्तुष्टिको छुट्टै मुस्कान थियो । त्यस दिनको सुरुमा मस्कोमा उनले अज्ञात योद्धाहरूको समाधिमा फूलहरू अर्पण गरेका थिए ।उनलाई देख्ने कसैलाई पनि थाहा थिएन कि उनले त्यो दिनको बिहान भएको महत्त्वपूर्ण बैठकमा युक्रेनको बारेमा ठूलो निर्णय लिएका थिए । सो बैठकमा उनका निकटतम व्यक्तिहरू रक्षामन्त्री सर्गेई शोएगु, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेफ, एफएसबीका निर्देशक अलेक्ज्