शीर्ष चारमा रहन तीन क्लबको रोमाञ्चक भिडन्त

एजेन्सी। इङ्लिस प्रिमियर लिगमा आज तेस्रो र चौथो स्थानमा रहेर च्याम्पियन्स लिग पक्का गर्नका लागि तीन क्लबबीच प्रतिस्पर्धा हुँदैँछ। चेल्सी ६७ अंकका साथ तेस्रो स्थानमा हुँदा समान ६६ अंक जोडेको लिभरपुल र लेस्टर सिटी क्रमशः चौथो र पाँचौं स्थानमा छन्। लिभरपुलले क्रिष्टल प्यालेस, चेल्सीले एष्टन भिल्ला र लेस्टरले टोटेनह्यामविरुद्ध खेल्दैछ। म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ।

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिगमा आज एकै समयमा दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल दिउँसो १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चाहन्छ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै […]

मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल दिउँसो १  बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित  रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चानछ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ । मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा  छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।&

अन्ततः आधा तलब घटाएर बार्सिलोनामै रहने भए मेस्सी

काठमाडाैं : अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सी आधा तलब घटाएर बार्सिलोनामै रहने भएका छन्। ५० प्रतिशत तलब कटौतीका आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका स्पेनी पत्रिका मार्काले जनाएको छ।  बार्सिलोनाले आफ्नो अडानका कारण मेस्सी २०२६ सम्म बार्सिलोना बस्न राजी भएका अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मेस्सीले क्याम्प नोउमा रहन चाहेको कुरा क्लबको आर्थिक समस्याबाट बचाउन खोजेकोमा भने प्रदर्शन भएको थियो।  बार्सिलोना अन्य खेलाडी जेरार्ड

डलास काउबोइज सर्वाधिक मूल्यवान क्लब

वासिङ्टन, (एजेन्सी) विश्व चर्चित फोब्र्स म्यागेजिनले प्रकाशित गरेको यस वर्षको विश्वकै सर्वाधिक मूल्यवान खेल क्लबको सूचीमा अमेरिकाको रग्बी लिग (एनएफएल) क्लब डलास काउबोइज ५ दशमलब ७ बिलियन अमेरिकी डलर नेटवर्थसहित शीर्ष स्थानमा रहन सफल भएको छ । गत वर्ष पनि विश्वकै सर्वाधिक मूल्यवान क्लबको शीर्ष स्थान ओगटेको डलास काउबोइजले यो वर्ष पनि आफ्नो शीर्षतालाई निरन्तरता […]

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ । गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण […]

इंग्लिस प्रिमियर लिग : लिभरपुल, लेस्टर र सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबको विजयी यात्रा जारी छ। शीर्षस्थानको लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राख्दा लेस्टर सिटी दोस्रो स्थानमा यथावत रहन सफल भयो। त्यस्तै, साविक च्याम्पियन सिटी तेस्रो स्थानमा उक्लियो। सिटीका लागि महत्त्वपूर्ण हेरिएको चेल्सीविरुद्धको खेलमा उसले २–१ को जित निकाल्यो। जितसँगै लिभरपुलसँग...