काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौँका सडक अस्तव्यस्त बनेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ९ बजे पछि कालीमाटी, त्रिपुरेश्वर, कोटेश्वरदेखी भक्तपुर जाने सवारी साधन प्रभावित भएका छन्। बिहान ९ बजेको आसपासको समयमा कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँबानेश्वर, तिनकुने, […]