लुम्बिनी प्रदेश सरकारले आफू निकटका सञ्चार गृहलाई बजेट वितरण गरेको आरोप

लुम्बिनी प्रदेश सरकारले आफूनिकट व्यक्तिका सञ्चार गृहहरूलाई मनोमानी ढङ्गबाट बजेट वितरण गरेको भन्दै प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले आपत्ति जनाएको छ ।शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समाजले तोक आदेशको भरमा बजेट वितरण गरी निजी सञ्चार माध्यमका घर बनाउने, पर्खालले घेर्नेदेखि लिएर उपकरण खरिद गर्ने जस्ता शीर्षकमा बजेट छुट्याइनु बेथितिका उच्च नमुना भएको प्रस्ट पारेको छ ।समाजका अध्यक्ष नवराज कुँवर र सचिब माधव नेपालले जारी गरेको विज्ञप्तिमा व्यावसायिक र गुणात्मक पत्रकारिताका लागि समानुपातिक विज्ञाप

सम्बन्धित सामग्री

स्रोतबिनाको घाटा बजेट ल्याउने लुम्बिनी सरकारकाे तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउन लागेको बजेटको आकार र बजेट वितरण प्रणालीका विषयमा सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभाको बैठकमा शुक्रबार आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षको बजेट प्रस्तुत गदैंछन् । यसअघि बजेटको आकार घटाउने प्रचार गरिँदै आएकोमा मुख्यमन्त्री,मन्त्री तथा सांसदहरुको दवावमा उनले स्रोतबिनाको […]

लुम्बिनी प्रदेश सरकारको सञ्चारसम्बन्धी बजेट सच्याउन माग

लुम्बिनी प्रदेश सरकारले विधि पद्धती र आर्थिक अनुशासन विपरीत आर्थिक वर्ष ०७८/७९ को परिमार्जित सञ्चार सम्बन्धी बजेट ल्याएको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीले त्यसको विरोध गरेको छ । सञ्चार सम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध समेत महासंघले गरेको छ ।

सञ्चारसम्बन्धी बजेट सच्याउन पत्रकार महासंघको माग

लुम्बिनी प्रदेश सरकारले आफू निकटका सञ्चारमाध्यमलाई मात्रै अनुदान व्यवस्था गरेपछि  नेपाल पत्रकार महासंघ रुपन्देहीले त्यसको विरोध गरेको छ ।  महासंघले आज एक  प्रेस विज्ञप्ति जारी गर्दै  सरकारले लोककल्याणकरी रुपमा बजेट विनियोजन गर्नुपर्नेमा विभेद गरिएको भन्दै सञ्चार सम्बन्धी बजेटलाई  सच्याई प्रदेशभरका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन माग गरेको छ ।कुलप्रसाद केसी नेतृत्वको वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकार