लुम्बिनीका मुख्यमन्त्रीले मनलाग्दी बजेट बाँडेको भन्दै पत्रकार महासंघले गर्‍यो सच्याउन माग

नेपाल पत्रकार महासंघ, रूपन्देहीले आर्थिक वर्ष २०७८/७९ का लागि लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा मुख्यमन्त्री कूलप्रसाद केसीका नजिकका व्यक्तिलाई मनलाग्दी रूपमा वितरण गरेको भन्दै सच्चाउन माग गरेको छ ।  बजेट विनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले तत्काल सच्याउन महासंघले माग गरेको हो ।  ‘सञ्चारको बजेटमा मुख्यमन्त्रीको मनलाग्दी, कोषको रकम काटेर व्यक्तिलाई पैसा’ भन्ने शीर्षकमा लोकान्तर डटकममा आइतवार समाचार प्रकाशित भएको थियो ।  महासंघका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले निकाल...