काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी नियुक्तिमा अपनाइएको मापदण्डमा वन तथा वातावरण मन्त्रालयले प्रश्न उठाएको छ । वनमन्त्री रामसहायप्रसाद यादवको निर्देशनमा मन्त्रालयले कोष पदाधिकारीको नियुक्ति प्रक्रियामा अपनाइएको मापदण्ड र प्रयोग भएको योग्यताको कागजातसमेत पेस गर्न कोषलाई भनेको हो । वन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको मनोनयनसम्बन्धी मापदण्ड २०७३ मा कोषको सदस्यसचिव हुन मान्यता प्राप्त विश्वविद्यालयबाट […]