पर्वत : पर्वतको कुश्मा नगरपालिकाले गएको एसइई परीक्षामा ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई मासिक दुई हजार रुपैयाँ छात्रवृत्ति दिने भएको छ।अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूको अध्ययनमा सघाउन तथा उनीहरूलाई थप हौसला प्रदान गर्नको लागि यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरे बमोजिम २०७८ सालको परीक्षामा सहभागी भई उक्त जिपिए ल्याएका विद्यार्थीहरूबाट नगरप