नेपाल बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गर्न ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता भएको हो ।