तीन सामुदायिक विद्यालयमा निजी स्कुलले खोल्यो साढे चार लाखको अक्षयकाेष

सिन्धुलीमाडीमा रहेको एक निजी स्कुलले सदरमुकामका तीन वटा सामुदायिक विद्यालयमा साढे चार लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएको छ ।

सम्बन्धित सामग्री

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

प्रविधिमैत्री शिक्षण सिकाइका लागि बागलुङका केही सामुदायिक विद्यालयले प्रयास थालेका छन् । शिक्षकलाई ल्यापटप, कक्षाकोठामा प्रोजेक्टर र टिभी जडान गरेर पठनपाठनको व्यवस्थापनमा विद्यालय सक्रिय भएका हुन् । जिल्लाको निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यामिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । निसीखोला गाउँपालिकाको रु छ लाख ५० हजार र विद्यालयको अन्तरिक स्रोतबाट रु छ लाख ५० हजार गरी रु १३ लाखको लागतमा १६ शिक्षकलाई ल्यापटप, कक्षा कोठामा स्मार्ट टिभी र प्रोजेक्टर जडान गरेको हो ।