भित्तामा चित्र कोर्न पाउनुपर्ने कलाकारहरूको माग

कलाकारहरूले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरूको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् ।कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाइकर्मीको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरूले चित्र कोर्न पाउनुपर्ने माग […]

सम्बन्धित सामग्री

एकै प्रकृतिका उद्योगमा फरकफरक नियम : धागो आयातमा सुविधा दिन कार्पेट उद्योगको माग

विराटनगर । सरकारले टेक्सटाइल उद्योगको कच्चा पदार्थ धागो आयातमा सुविधा दिए पनि त्यस्तै खालको कार्पेट उद्योगलाई भने सुविधा दिएको छैन । बेल्जियमबाट आउने कार्पेटलाई विस्थापित गरि नेपालमै स्वदेशी उत्पादन गरी भारतलगायत मुलुक निर्यात गर्न १५० करोडको लागतमा सञ्चालनमा आएका कार्पेट उद्योगलाई सरकारको उल्टो नीतिको कारण समस्या परेको छ । टेक्सटाइल र कार्पेट उद्योगहरूलाई चाहिने यार्न (धागो) पैठारी गर्दा ५ प्रतिशत भन्सार ड्यूटी लाग्छ । तर, त्यही यार्न (धागो) बनाउने कच्चा पदार्थ पोलिप्रोप्लिन मगाउँदा १० प्रतिशत भन्सार लाग्ने गरेको छ । हाइटेक्स कार्पेटका सञ्चालक अनुपम राठीले उत्पादित सामग्रीभन्दा कच्चा पदार्थमा दुई तह कम भन्सार लाग्नुपर्नेमा एक तहमात्र कम लाग्नाले उद्योगहरूलाई समस्या परेको बताए । त्यस्तै निर्यात गर्दा पनि अन्य कार्पेट र टेक्सटाइलसरह आफूहरूले उत्पादन गरेको कार्पेटले निर्यातमा अनुदान नपाएको गुनासो राठीले गरे । स्थानीय कम्पनीबाट (धागो) किनेर उत्पादन गरेर वस्तु निर्यात गर्दा त्यो धागो उत्पादनमा लागेको शुल्क फिर्ता हुनुपर्छ । तर, आफूहरुको उत्पादनमा त्यो सुविधा नदिएको उनले बताए । गार्मेन्ट उद्योगले भने यो सुविधा पाएका छन् । तीन दिनअघि विराटनगर आएका अर्थमन्त्री जनार्दन शर्मालाई उनले यार्न उत्पादन र कार्पेट उत्पादन र निकासीमा आइपरेको समस्या समाधानका लागि माग पत्र नै बुझाए । उनले आफ्नो हाइटेक्स कार्पेट कम्पनीबाट उत्पादन भएको बाघको चित्र अंकित ५ लाख मूल्य पर्ने कार्पेट पनि देखाए । मन्त्रीले नेपालमा उत्पादन भएको निकै गुणस्तरीय कार्पेट भएकोमा प्रशंसा पनि गरे । तर, राठी ४ वर्षदेखि सरकारको नीतिको मारमा परेका छन् । चार वर्षदेखि उनले कार्पेट उद्योगलाई टेक्सटाइल उद्योगका रूपमा परिभाषित गर्न र टेक्सटाइल उद्योगले पाउने सुविधा दिन माग गर्दै आएका छन् । यसपटक पनि अर्थमन्त्री शर्मासमक्ष यो माग राखे । ‘भारतलगायत गलैंचाका मुख्य उत्पादक रहेका सबै मुलुकमा यस्ता उद्योगलाई टेक्सटाइल उद्योगमा गणना गरिन्छ,’ सञ्चालक राठीले भने, ‘लुम (तान) राखिएका सबै उद्योग टेक्सटाइलको वर्गमा पर्छन् । तर, नेपालमा टेक्सटाइल भनेको सुर्टिङ, सर्टिङ, लुङ्गी, सारी र धोती आदि लगाउने कपडा उद्योगमात्र बुझिन्छ । तान राखिएका कारण जुट उद्योग पनि टेक्स्टाइलअन्तर्गत पर्छ । तर, नेपालको मापदण्ड अनौठो छ ।’ एक सय ५० करोडको लगानीमा सञ्चालित हाइटेक्स कार्पेटले आफै धागोसमेत बनाइरहेको छ । ‘हामीले गलैंचा बुन्ने धागो (यार्न) उत्पादन गरिरहेका छौं । तर, भन्सार दरबन्दीले अप्ठ्यारो पारिदिएको छ ।’ उनले भने, ‘किनकि तयारी यार्न (धागो) पैठारी गर्दा ५ प्रतिशत भन्सार महसुल लाग्छ भने यार्नको कच्चा पदार्थको भन्सार महसुल १० प्रतिशत छ ।’ ‘पुराना मेशिनले पनि काम गर्न सकिन्छ तर हामीले सबै अत्याधुनिक र अपग्रेडेड मेशिन लगायौं,’ उद्यमी राठीको भनाइ छ, ‘यस्ता महँगा, अपग्रेडेड र अत्याधुनिक मेसिनका उत्पादनलाई निर्यात नगरी उद्योग चलाउन सकिँदैन । गलैंचा निर्यातमा भारतले १५ प्रतिशतको इन्सेन्टिभ दिइरहेका बेला नेपाल सरकारले भने ३ प्रतिशत मात्र दिएको छ ।’ उनको कथन थियो, ‘भारत सरकारले निर्यातमा ८ प्रतिशत सुविधा दिएको छ भने मेशिन आयात गर्दा ७ प्रतिशत । तर, नेपालमा उल्टै ४ प्रतिशत भन्सार महसुल बुझाउनुपर्छ ।’ हरेक टेक्सटाइल उद्योगले रोजगारी सृजना गरेजस्तै कार्पेट उद्योगले पनि रोजगारी बढाउने उनले उल्लेख गरे । सञ्चालक राठीले हाइटेक कार्पेटमा १ सय ७५ कामदार रहेको जनाए । ‘भूपरिवेष्टित मुलुक भएकाले हामी बन्दरगाहबाट टाढा छौ,’ उनको धारणा थियो, ‘त्यसैले हाम्रा हरेक पैठारी महँगा हुन्छन् । यस्तो अवस्थामा निर्यातमूलक उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकारको भूमिका अहम् हुन्छ ।’

राष्ट्रिय जनमोर्चाको ठहर– प्रधानन्यायाधीशको चरित्र निष्पक्ष हुनुपर्छ

राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानन्यायाधीश वा न्यायपालिकाको चरित्र र कार्यप्रणाली स्वतन्त्र र निष्पक्ष राख्न माग गरेको छ । तत्कालको राजनीतिक स्थिति र केही राष्ट्रिय घटनाबारे आफ्नो धारणा स्पष्ट गर्न भन्दै सोमबार जारी विज्ञप्तिमा सो पार्टीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशबारे विवाद उठिरहेको भन्दै यस्तो माग गरेको हो ।पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा न्यायालय वा न्यायाधीशहरु पूर्णरुपमा स्वतन्त्र र निष्पक्ष हुनु पर्नेमा जोड दिइएको छ । ‘यदि न्यायालय त्यसप्रकारको हु

फ्रन्टलाइनरको सम्मानमा चित्र बनाउन पाउनुपर्ने कलाकारको माग

काठमाडौँ– कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन्। कोरोनाविरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौँ महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने […]

भित्तामा चित्र कोर्न पाउनुपर्ने कलाकारको माग

काठमाडौँ : कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् । कोभिड-१९विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्…

‘कलाको सहरमा कलाकै हत्या’

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशेपुलको भित्तामा मेटाएको 'फ्रन्टलाइनर्स'को चित्र पुनः बनाउनुपर्ने माग गर्दै कलाकारहरुले प्रदर्शन गरेका छन् । उनीहरुले आज महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । कलाकारहरुले राष्ट्रिय सभागृहअगाडि करिब एक घण्टाजति प्रदर्शन गरेका थिए । ‘कलाको सहरमा कलाकै हत्या’, ‘सोल्टी होटेलमा बसेजस्तो सजिलो हुन्न’लगायत...

महानगरले भित्ते चित्र मेटाएको विरोधमा धर्ना (फोटो फिचर)

काठमाडौं : चित्रकारहरूले रत्नपार्कको आकाशे पुलको भित्तामा पुन: फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने माग राख्दै विरोधस्वरूप धर्ना दिएका छन्। काठमाडौं महानगरपालिकाले चित्र मेटाएपछि राष्ट्रियसभा गृहमा आधा घण्टाभन्दा बढी विरोध स्वरूप उनीहरुले आइतबार धर्ना दिएका हुन्।विरोध धर्नापछि  महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई निवेदन पत्र बुझाएका थिए। उक्त चित्रमा पुन: कोभिड-१९ विरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने उनीहरुको माग छ।दुजाङ शेर्पाको परिकल्पनामा को

फ्रन्टलाइनरको चित्र मेटाएको विरोधमा महानगरलाई बुझाइयो निवेदन

काठमाडौं : चित्रकारहरूले रत्नपार्ककाे आकाशे पुलको भित्तामा पुन: फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने माग राख्दै काठमाडौं महानगरपालिकालाई निवेदन बुझाएका छन्। महानगरपालिकाले चित्र मेटाएपछि उनीहरूले आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई निवेदन बुझाएका हुन्।उनीहरूले राष्ट्रियसभा गृहमा आधा घण्टाभन्दा बढी विरोधस्वरूप धर्ना पनि दिएका थिए। चित्रका परिकल्पनाकार दुजाङ शेर्पाले कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खटिएकाहरूको चित्र  महानगरपालिकाले मेटाएर अपमान गरेकाले निवेदनपत

नेपाली नोटमा पृथ्वीनारायण शाहको चित्र अंकति गर्न माग

अब छापिने नेपाली नोटमा पृथ्वी नारायण शाहको चित्र अंकित हुनुपर्ने संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलन