जलेर बालिकाको मृत्यु

बैतडीबो सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।