विराटनगर – इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन्। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका […]