धनगढीमा ७२ घण्टा अनशसन बसेका प्रा. डा. गोविन्द केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । अनशन तोडेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताए ।