सशस्त्र प्रहरीमा भर्ना खुल्यो, कुन पदका लागि कति ? [सूचीसहित]

सशस्त्र प्रहरी बलले इन्स्पेक्टरदेखि मालीसम्मको भर्ना खोलेको छ ।  आज (शुक्रवार) देखि खुलेको भर्नामा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।  सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ७५ जना, सहायक निरीक्षक (असई)मा १३७ जना र सशस्त्र जवानमा ७५५ जना जनाको भर्ना खुलेको हो ।  यस्तै प्रहरी परिचरहरु ८८ जना भान्छे, १४ जना केश कर्तक, १३ जना कूचिकार, ७ जना सूचिकार, ४ चर्मकर्मी र २ जना मालीमा पनि भर्ना खोलिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

सम्बन्धित सामग्री

पिसिएल नर्सिङको भर्ना खुल्यो: ९१ जनाले नि:शुल्क पढन पाउने, कुन कलेजमा कति सिट?

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ  । सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो। सिटिइभिटीले जारी गरेको सूचनाअनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार दुई सय ४० सिट छुट्या...

प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार  प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ । त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९

म्यादी प्रहरी बन्ने कि उम्मेदवार !

थाहा पाउनुभयो तपाईँले, म्यादी प्रहरीमा भर्ना खुलेछ नि ?हैन होला । अस्तिताका पनि भर्ना खुल्यो भनेर हल्ला गरे, पछि हैन रहेछ । यसपालि पनि हल्ला मात्रै गरेका होलान् ।यसपालि त साँच्चै हो रैछ क्या नेपाल प्रहरीले नै भनेको । यी हेर्नुहोस् त सूचना नै आएको छ ।खै खै हेरौँ । .........ए हो त रैछ नि । यो पटक जसरी पनि म्यादी प्रहरीमा भर्ना हुनुपर्छ । पहिलेदेखिकै म्यादी बन्ने आफ्नो रहर । दुई, चार दिन भए पनि जागिर हुन्छ । लौरो र बुट बजार्न पाइन्छ। पैसो पनि हुने, शान पनि ।साँच्ची कति हुन्छ नि पैसो ?यहीँ लेखेको छ नि, हेर त । ४०...