शुरू भयो यामाहा महा एक्सचेञ्ज मेला [तस्वीरहरू]

यामाहा महा एक्सचेञ्ज मेला बिहीवारदेखि शुरू भएको छ ।  काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको एक्सचेञ्ज मेला चैत ११ गतेसम्म चल्नेछ ।  यमाहाको महा एक्सचेञ्ज मेलामा विभिन्न ब्राण्डका मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ ।  यसका लागी यामाहाले विभिन्न किसिमका अफरहरू ल्याएको छ ।  तस्वीरहरू  

सम्बन्धित सामग्री

यामाहाको रेजेडआर १२५ एफआई स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित बजारमा

काठमाडौं (अस) । यामाहाको रेजेडआर १२५ स्ट्रीट र्‍याली भर्सन स्मार्ट स्कुटर ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा आएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’मा सो स्कुटर सार्वजनिक गरेको हो । मेला गत वैशाख १५ गतेदेखि २१ गतेसम्म चलेको थियो । यामाहाको रेजेडआर १२५ एफआई फ्युल क्षमतालाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । यो अहिले स्मार्ट स्कुटरको रूपमा आएको कम्पनीले बताएको छ । ‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलोपटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रेजेडआरले सामान्यतया प्रतिलिटर ५८ किलोमिटर माइलेज दिन्छ । सो स्कुटरले अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँ जोगाउन सक्ने कम्पनीले दाबी गरेको छ । एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले ‘गुगल प्ले स्टोर’ र आईफोन प्रयोग गर्ने चालकले ‘एप्पल’को एप स्टोरमार्फत यामाहाको ‘कनेक्ट–एक्स’ एप डाउनलोड गरी उक्त एपमार्फत मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सक्ने बताइएको छ ।

नारायणी नदी किनारमा यामाहा महा एक्सचेञ्ज मेला

चितवन (अस) । चितवनको नारायणी नदी किनारमा यामाहाको महा एक्सेञ्ज मेला सुरु भएको छ । आइतबारदेखि ६ दिनसम्म चल्ने मेलाको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालिबालिका संरक्षण संस्था सानो घरलाई ५ हजार ५ सय रकम हस्तान्तरण गरेर मेला सुरु भएको घोषणा गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कोरोनापछि किनारमा गरिएको अटोमोबाइल मेलाले यामाहाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने बताए । अटोमोबाइल क्षेत्रमा काठमाडौंपछि चितवनको हिस्सा दोस्रो रहेको बताउँदै उनले मेला सञ्चालनले नारायणी नदी किनारको पर्यटन तथा अन्य व्यवसाय प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । मेला यामाहाको आधिकारिक बिक्रेता मोरङ अटो वर्क र नारायणगढको डिलर नवीन अटो सेन्टरले आयोजना गरेका हुन् । नेपाल अटो मोबाइल एसोसिएसनका केन्द्रीय सदस्य गोपाल भट्टराईले नेपालमा राज्यलाई अटो मोबाइल क्षेत्रको योगदान महत्वपूर्ण रहेको दाबी गरे । चितवन अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठले व्यवसायीले अटो मोबाइलका साधन बिक्री र दुर्घटना न्यूनीकरणका सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्यले नारायणी नदी पर्यटकीय तथा व्यावसायिक हब भएकाले यामाहाको महा एक्सचेञ्ज मेला सञ्चालन गरिएको जानकारी दिए । मेलामा ग्राहकले जुनसुकै मोटरसाइकल खरिद तथा साटफेर गर्दा बजार मूल्यभन्दा प्रतिमोटरसाइकल १० हजार बढी मूल्य पाउन सक्ने उनले बताए । नयांँ साधन खरिदमा ७ हजार क्यास ब्याक अफरका साथै गिफ्ट ह्याम्पर राखिएको छ । मेलामा २ लाखदेखि साढे ५ लाख रुपैयाँसम्मका मोटरसाइकल र स्कुटर बिक्रीमा राखिएका छन् ।

यामाहाले ल्यायो चाडपर्व लक्षित ‘महा एक्सेञ्ज मेला’

काठमाडौं । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरकले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो मोटरसाइकल एक्सेञ्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कूटी घरमा भित्र्याउने महामेला आयोजना गरेको हो । काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारदेखि शुरु भएको महा एक्सचेञ्ज मेला आगामी असोज […]