इन्जिन मर्मतकालागि १ सय २ दिनदेखि इजरायलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमानमा पुनः प्राविधिक समस्या देखिएपछि नेपाल ल्याउने अनिश्चित भएको छ । आइतबारमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपाल वायुसेवा निगमको व्यवस्थापक निगमले पुस २७ गते इजरायल पठाएको जहाज सोमबार नेपाल आउने ब्रिफिङ गरेको थियो । मन्त्री तामाङले पत्रकार सम्मेलनमै १ सय २ दिनमा निगमको जहाज नेपाल आउन लागेको बताएका थिए ।