मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मौन अवधि सुरु भइसकेको छ । उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउने छैनन् । तर राप्रपाबाट दोलखाका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विजय खड्काले आजै बिहान मात्र सामाजिक सञ्जालमार्फत मत मागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् मौन अवधि सुरू भैसकेको छ,मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यस पटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु।मौन अवधिको उल्लंघन गरेमा आयोग, निर