काठमाडौं महानगरका विद्यालयमा ९ गतेबाट कक्षा सञ्चालन हुने
३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा सञ्चालन ९ वैशाखबाट सुरू गर्ने भएको छ ।
महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्यालेन्डर सार्वजनिक गर्दै ७ वैशाखसम्म भर्ना अभियान, वार्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण र …
काठमाडौं । ईडीएफ लर्निङले २५ मेदेखि सिम्याट-कूम्याटको तयारी कक्षा सुरू गर्ने भएको छ । नेपाली विद्यार्थीहरूलाई म्यानेजमेन्ट क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न आवश्यक प्रशिक्षण प्रदान गरेर उच्चतम सम्बन्धित कलेजहरूमा भर्ना सफल गर्ने अवसर प्रदान गराउन यस्तो कक्षा सञ्चालन गर्न लागेको ईडीएफले जनाएको छ । ईडीएफले सिम्याट-कूम्याट प्रवेश परीक्षाको आवश्यकताहरू पूरा गर्न आधारभूत पाठ्यक्रम अनुसरण गर्नुका […]
काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब […]
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभाग समेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा
१७ भदौ, काठमाडौं । भाषा आयोगले यो वर्षदेखि लमजुङमा दुरा भाषा र इलाममा लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने भएको छ । भाषा कक्षाका लागि पुस्तक तयार भइसकेको आयोगको सूचना अधिकारी डा. लोकबहादुर लोप्चनले जानकारी दिए । उनले भने ‘अब मंसिरबाट थप दुई भाषाको कक्षा शुरु गर्छौं । त्यसका लागि किताब तयार भइसकेको छ ।’ भाषा […]
काठमाडौं। काठमाडौं उपत्यकामा अझै एक साता भौतिक उपस्थितिमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रले पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न पाउने छैनन्। उपत्यकाका तीन जिल्लाले भोलीदेखि थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै ती कार्य गर्न नपाउने गरेको हो। “शैशिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने,” निषेधाज्ञामा भनिएको छ।
काठमाडौं। ‘फेस टु फेस मोड’मा कक्षा सञ्चालन नगर्न काठमाडौं महानगरपालिकाले पाँच-बुँदे अनुरोध गरेको छ। महानगरभित्रका विद्यालयहरू भोलिदेखि वैशाख मसान्तसम्म प्रत्यक्ष ढाँचामा नभई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न अनुरोध गरेको हो। वैकल्पिक कक्षा सञ्चालन गर्दा अभिभावकले सहजीकरण गर्ने, पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्दा २५ जनाभन्दा विद्यार्थी भेला नगर्न र विद्यालय प्रशासन नियमित सञ्चालन गर्न अनुरोध गरिएको महानगरद्वारा जारी पत्रमा उल्लेख छ।
वैशाख ६, काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतवारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १० जनाको निधन भएको थियो ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो । मन्त्रालयले मोरङ, पर्सा, बारा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली कोभिड–१९ अतिप्रभावित जिल्ला तोकेको थियो । रासस