काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन्। हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताएका हुन।‘हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन। विस्मृतिमा जान दिनुह