काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकाे सार्वजनिक बहसकाे स्तर खस्केकाे टिप्पणी गर्नुभएकाे छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले अहिले देशमा समाधान नभई दाेषाराेपणमा रमाउने प्रवृत्ति देखिएकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले नागरिकमा भ्रम सिर्जना गर्ने र लाेकतान्त्रिक संस्थाहरूविरुद्ध माेहमङ्ग गराउने प्रयास भइरहेकाे दाबी गर्नुभयाे । एकथरी अराजक तत्त्वहरूले आ–आफ्ना गुफाबाट निस्केर नयाँ समस्या पैदा गर्ने प्रयास गरिरहेका उहाँकाे भनाइ छ ।
प्रधानमन्त्र...