हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङ तर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ । अधिकांश स्थानमा वर्षा लागेपछि सडक ठाउँ–ठाउँमा पहिरोका कारण अवरुद्ध हुँदै आउने गर्दछ । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन । ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्