डिजिटल नेपालको सपना साकार पार्न डिजिटल नेपाल कन्क्लेभ महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपालको सपना साकार पार्न डिजिटल नेपाल कन्क्लेभ महत्वपूर्ण हुने बताएका छन् । शनिबारदेखि द सोल्टी काठमाडौंमा सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ मा विशिष्ट अतिथि समेत रहेका कार्कीले यस्तो बताएका हुन् ।  ‘हामी कहाँ छौं, हाम्रो समस्या कहाँ छ । त्यसको समाधानका लागि हामी के गर्न सक्छौं र अबको हाम्रो बाटो...