बीमा समिति तथा महासंघ/ ईप्पान बीच बढ्दो द्वन्द्व :  बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धी वार्ता निष्कर्षहिन

पुस २०, काठमाडौं  । बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को संयुक्त प्रतिनिधिमण्डल र बीमा समिति बीच मंगलवार भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघले बतााएको छ ।  गत असोज ६ मा जारी पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु हालसम्म संशोधन नभएकोले त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग राखेका छन् । यस सम्बन्धमा महासंघ र ईप्पानले बीमा समितिलाई दुईपटक र प्रधानमन्त्रीलाई समेत संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको थियो ।  उक्त ज्ञापनपत्र  बुझाए पश्चात् बीमा समितिले महासंघ र ईप्पानलाई मंगलवार वार्तामा बोलाउँदा बीमा समितिले कुनै निकास नदिएकोले निर्देशिका खारेज नभएमा ईप्पान र निर्माण महासंघले संयुक्त रुपले चरणबद्ध आन्दोलन गर्ने पनि बताएका छन् । निर्देशिका खारेज नभएसम्म बीमा समितिसँग कुनै पनि वार्ता तथा छलफल नगर्ने निर्णय महासंघ र ईप्पानले गरेको छ  । निर्देशिका खारेज भएपछि सर्वपक्षीय सरोकारवालानिकायहरू बीच विस्तृत छलफल हुनुपर्ने महासंघको माग रहेको छ ।  विदेशी बीमा कम्पनीसँग समेत बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा गर्ने कार्य ऐच्छिक हुनुपर्ने, बीमा गरेको मितिदेखि नै क्षतिपूर्ति पाउनु पर्ने, खुला अर्थबजार नीतिअनुरुप स्वस्थ प्रतिस्पर्धा गरिनु पर्ने लगायतका व्यवस्था सहितको निर्देशिका जारी गर्न महासंघका अध्यक्ष रवि सिंहले बीमा समिति समक्ष माग गरेका थिए । 

सम्बन्धित सामग्री

बीमा समिति औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

नेपाल बीमा समिति औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ ।

बीमा समिति 'नेपाल बीमा प्राधिकरण' मा रूपान्तरण

काठमाण्डौ –  नेपाल बीमा समिति आज (मङ्गलवार) देखि औपचारिकरूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको छ ।  कुपण्डोलमा रहेको पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिकरूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरुवात गर्नुभएको हो । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजदेखि कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।  गएको भदौ अन्तिममा सङ्घीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्य...

बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

काठमाडाैं । नेपाल बीमा समिति आज (मंगलबार) देखि औपचारिक रुपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । मंगलबार कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरूवात गर्नुभएको हो । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजबाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा […]

बीमा समिति प्राधिकरणमा परिणत, थप स्वायत्तताको घोषणा

बीमा समिति मंगलबारदेखि औपचारिक रूपमै प्राधिकरणमा परिणत भएको छ । नेपालको संविधान, २०७२ बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ को व्यवस्थाबाट कात्तिक २२ गतेदेखि समिति प्राधिकरणमा परिणत भएको हो । मंगलबार प्राधिकरणमै एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको घोषणा गरे ।बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको छ र प्राधिकरणले आजदेखि  औपचारिक रूपमा काम सुरु गरेको छ । योसँगै यसअघि, नेपालको बीमा नियमनकारी नि

आजबाट बीमा समिति बीमा प्राधिकरणमा रूपान्तरण

काठमाडाैँ- बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ। बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम-कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो। भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियाे। राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट […]

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

२२ कात्तिक, काठमाडौं । बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ […]

बीमा समिति आजदेखि बीमा प्राधिकरण

बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुँदै छ । मंगलवार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ । ऐनको व्यवस्थाअनुसार हाल का

कोरोना बीमा : अर्थको १ अर्बले थप तनावमा बीमा समिति

कोरोना बीमा वापतको दाबी भुक्तानीको १० प्रतिशत मात्रै रकम पाएपछि बीमा समिति कसरी भुक्तानी गर्ने भन्ने तनावमा परेको छ । सरकारले दिनुपर्ने दाबी रकममध्ये १० प्रतिशत मात्रै रकम उपलब्ध गराएपछि कसकसलाई कति बाँड्ने भन्ने अन्योलमा समिति परेको हो ।सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि हालैमात्र बीमा समितिलाई एक अर्ब रुपैयाँ उपलब्ध गराएको छ । झण्डौ साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी बक्यौता रहेपनि सरकारले १ अर्ब रुपैयाँ मात्र निकाशा गरेको हो । सरकारले उपलब्ध गराएको रकमबाट भुक्तानी दिन समस्या भएक

राष्ट्रपतिद्वारा बीमा विधेयक स्वीकृत, बीमा समिति प्राधिकरणमा परिणत हुने

राष्ट्रपति कार्यालयले बीमा विधेयक, २०७९ स्वीकृत गरेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले बीमा विधेयकसहित ३ विधेयक स्वीकृत भएको जानकारी दिएको हो ।कार्यालयले बीमा विधेयक स्वीकृत गरेसँगै हालको बीमा समिति प्राधिकरणमा परिणत हुने भएको छ । यो विधेयकसँगै सार्वजनिक ऋण व्यवस्थापन संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत स्वीकृत भएको छ । बीमा विधेयक पारित भएसँगै अब बस्ने बीमा समितिको सञ्चालक समितिको बैठकले ब

बीमामा पहुँच वृद्धिका लागि सहकार्य गर्न बीमा समिति तयार

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् । विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरी कम्पनीहरूले काम गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले बैंकहरूमा मात्र लगानी केन्द्रित नगरी लगा