पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले माग गरेका हुन् ।
त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् ।
अझैपनि भूकम्पपीडित त्रिपालको सहाराले रात काटिरहेका छन् । दुई महिनाको अवधिमा जिल्लाभर १० हजार ४२३ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए । उनका अनुसार जिल्लाभर ७८७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा ४ हजार ४१ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसिकोट नगरपालिकामा २४ मात्र निर्माण भएका छन् ।
त्यस्तै आठबीसकोट नगरपालिकामा ३ हजार १४, चौरजहारी नगरपालिकामा २ हजार २८९, त्रिवेणी गाउँपालिकामा ९३८ र बाँफीकोट गाउँपालिकामा ११७ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेको निमित्त प्रजिअ बढुवाले जानकारी दिए ।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजार रूपैयाँका दरले ५९ करोड २ लाख रकम पठाइएको छ । स्थानीय विपद् कोषबाट भने २१ हजार ११५ लाभग्राहीले २५ हजारका दरले ५२ करोड ८१ लाख रूपैयाँ रकम प्राप्त गरेका छन् । हालसम्म जिल्लाभर २७ हजार ६८२ लाभग्राहीको प्रहरीले लगत संकलन गरेको छ । संकलनको काम अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या साढे ३० हजार पुग्न्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । रासस
जाजरकोट : भूकम्प गएको भोलिपल्ट अर्थात् कात्तिक १८ गते फिल्डमा खटिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत अहिले पनि गाउँमै छन्। स्थलगत रुपमा भत्किएको बाटोदेखि भौतिक संरचनाको अवस्था बुझ्दै पीडितका त्रिपाल-त्रिपालमा पुगेका मन्त्री बस्नेत सरकारको तर्फबाट अभिभावकत्व दिइरहेका छन्।भेरी नगरपालिका भित्रका भूकम्पबाट क्षति भएका वडाहरुका सर्वसाधारणसँग भेटघाट गर्दै सुरु भएको मन्त्री बस्नेतको यात्रा नलगाड नगरपालिका सम्म पुगेको छ।भूकम्पबाट भेरी नगरपालिकाभन्दा नलगाड नगरपालिकाभित्र बढी मानवीय क्ष