पाल र कम्मल नपाएर जाडोले काम्दै भूकम्पपीडित, टोलटोलमा पुग्दै मन्त्री

जाजरकोट : भूकम्प गएको भोलिपल्ट अर्थात् कात्तिक १८ गते फिल्डमा खटिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत अहिले पनि गाउँमै छन्। स्थलगत रुपमा भत्किएको बाटोदेखि भौतिक संरचनाको अवस्था बुझ्दै पीडितका त्रिपाल-त्रिपालमा पुगेका मन्त्री बस्नेत सरकारको तर्फबाट अभिभावकत्व दिइरहेका छन्।भेरी नगरपालिका भित्रका भूकम्पबाट क्षति भएका वडाहरुका सर्वसाधारणसँग भेटघाट गर्दै सुरु भएको मन्त्री बस्नेतको यात्रा नलगाड नगरपालिका सम्म पुगेको छ।भूकम्पबाट भेरी नगरपालिकाभन्दा नलगाड नगरपालिकाभित्र बढी मानवीय क्ष