काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रीस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रिस भाग्ने तयारीमा थिए । पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।