गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन गरेर आलोपालोमा अध्यक्ष बनाउने सहमतिपछि लामो समयदेखिको विवाद टुंगिएको छ । अध्यक्षका प्रत्याशी कुल आचार्य, बद्री केसी र रविना थापाबीच आलोपालो अध्यक्ष हुने सहमति जुटेसँगै सबै विवाद टुंगिएको नेतृत्वका प्रत्याशीहरूले गरेको संयुक्त पत्रकार सम्मेलनमा जनाइएको छ ।