दुई खेमामा देखिएका कुमार पन्त र कुल आचायले आलोपालो अध्यक्ष रहनेगरी नेतृत्व चयन गर्ने सहमति बनेपछि शनिवार विश्व सम्मेलनको उद्घाटन गरिएको हो। असन्तुष्ट पूर्वअध्यक्ष शेष घले पक्षले भने बुधबार छुट्टै सम्मेलन गरेर विनोद कुँवरको अध्यक्षतामा एनआरएनएको समिति गठन गरिसकेका छन्।