काठमाडौं । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिने भएका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले पीडित बचतकर्ताहरुलाई न्याय दिन शनिबार माइतीघर मण्डलामा आन्दोलन गर्ने जनाएको हो । हालसम्म ४० भन्दा बढी संस्थाका पीडित बचतकर्ताहरुलाई एकजुट गरिसकेको महासंघकी अध्यक्ष सुनिता राजभण्डारीले बताइन् । शनिबार १२ बजे माइतीघर मण्डलामा महासंघले सबै पीडित […]