कञ्चनपुर : पार्टीको खर्च धान्नका लागि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका शुक्लाफाँटा नगरपालिकाका कार्यकर्ता सामूहिक माछापालनमा संलग्न भएका छन्।दुईवटा पोखरी भाडामा लिएर पार्टीमा आबद्ध कार्यकर्ताले माछापालन व्यवसाय सुरु गरेका हुन्। नगरपालिकाको वडा नं ४ मा १६ कठ्ठा क्षेत्रफलमा फैलिएका दुई पोखरीमा माछापालनका लागि तीन हजार भुरा छाडिएको छ। ‘माछापालन गरेबापत दुईवटै पोखरीको वर्षको रु ४० हजार भाडा दिने सम्झौता गरेका छौं’ पार्टीका नगर इन्चार्ज धनबहादुर रानाले भने, ‘माछापालन व्य