स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

जाजरकोट : डेढ महिनाअघि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूलाई  शनिवार बिहान पक्राउ गरेको जाजकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए। उनका अनुसार प्रहरीले युवा संगठनका अध्यक्ष  ३१ वर्षीय डिलबहादुर राना, कुसे इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई कार्यकक्षमै जुत्ताक