गोरखाको बिकट दुर्गम गाउँमा जन्मिएकी फुञ्जो लामा कपन गुम्बामा आनी बन्न काठमाडौं प्रवेश गरेकी थिइन । तर समय परिस्थितिले फुञ्जोको भिक्षुणी बन्ने सपना पुरा हुन सकेन । उनी हाल शहासिक क्षेत्र मानिने पर्वतारोहणमा संलग्न छिन् भने लङलाइन रेस्क्यु (हेलिकप्टर समेत पुग्न नसक्ने स्थानमा डोरीबाट झुन्डिएर गरिने उद्धार) गर्ने उनी नेपालकी एक मात्र महिला हुन् ।