नेपाली यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले युवा विश्वकपमा छनोट हुन आफ्नो टिम सन्तुलित रहेको बताएका छन् । यूएईमा हुने आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा सहभागी हुन बुधबार त्यसतर्फ जानुअगाडि प्रशिक्षक टमाटाले आफ्ना सबै खेलाडी फिट रहेको बताए ।