काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको नगद लाभांश लिन बाँकी शेयरधनीहरूलाई भुक्तानी लिन आउन अनुरोध गरेको हो ।
हाल यी बैंक तथा वित्तीय संस्था प्रभु बैंकका गाभिएका छन् । बैंकले नगद लाभांश संकलन गर्न आवश्यक कागजपत्रसहित काठमाडौंको कमलादीस्थित शेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्