पुटिन आज इरान भ्रमणमा, रइसी र अर्दोआनसँग भेटघाट गर्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन एक शिखर सम्मेलनका लागि आज तेहरान जाँदैछन् ।यसलाई एक निकै महत्वपूर्ण भ्रमण मानिँदैछ । तेहरानमा उनी आफ्ना इरानी समकक्षी इब्राहिम रइसी र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग सिरिया शान्ति शिखर सम्मेलनमा सहभागी हुनेछन् ।युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक न्यानोपनलाई झल्काउँछ ।इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् ।बेलायतमा रहे

सम्बन्धित सामग्री

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ । […]

रुसी राष्ट्रपति पुटिन इरानमा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा गएका छन् । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि यो उनको दोस्रो विदेश भ्रमण हो ।  तेहरान पुगेको केही सममै उनले इरानी समकक्षी इब्राहिम रैसीसँग भेटघाट गरेका छन् । भेटपछि उनीहरूले दुई देशबीचको सम्बन्ध राम्रो गतिमा विकास भइरहेको बताएका छन् ।  पुटिनले इरानका...

रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबार इरानको भ्रमणमा गएका थिए ।उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ । त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उनको यस भ्रमणका क्रम

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

एजेन्सी । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ । उनी इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उनले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्ने बताइएको छ । त्यस्तै उनले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नु