निर्माण व्यवसायीले बजेट कार्यान्वयन सम्बन्धी अर्थ मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनको स्वागत गरेका छन् । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न भन्दै ७० बुँदे मार्गदर्शन तयार पारेको छ । जसमा पूर्वाधार निर्माणसहित बजेट कार्यान्वयनका लागि आवश्यक व्यवस्था तयार पारिएको छ ।अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा चालू वर्षमा भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । प्रत्येक वर्ष न्यून मात्रामा हुने विकास खर्चलाई बढाउने लक्ष्यसहित मन्त्रालयले मार्गदर्शन जारी