काठमाण्डाै - भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साको विषय राजनीतिक विषय नभएको बताउनु भएको छ ।
उहाँले हिजो नयाँ दिल्लीमा सञ्चारकर्मीसँग छिमेकी देशहरुले यो विषयका बारेमा बुझिसकेका भन्दै यसलाई राजनीतिक विषय बनाउन नहुने बताउनु भएको हो ।
भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा यस विषयमा कुरा उठिरहेका बेला उहाँकाे यस्तो अभिव्यक्ति आएको हो ।
नक्साका सम्बन्धमा यसअघि आफ्नो मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको ब...