काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्। प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन्। नेता नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई राखेर प्रचण्डले यस्तो बताएका हुन्। पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले एमसीसी सम्झौत