नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनाल पार्टीको काममा सक्रिय हुन थालेका छन् । स्वास्थ्यमा सुधार भएपछि उनी पार्टीको काममा सक्रिय हुन थालेका हुन् । मिर्गौला प्रत्यारोपणपछि भारत र स्वदेशमै पनि लामो समय आरामरत खनाल स्वास्थ्य सामान्य बन्दै गएपछि पार्टीको काममा सक्रिय हुन थालेका हुन् । एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खनाल आज पार्टी कार्यालयमा पुगेर विदेश विभागको पहिलो बैठकमा सहभागी भएको जानकारी दिए । खनाल पार्टीको विदेश विभाग प्रमुखको समेत जिम्मेवारीमा रहेक